नेप्से झिनो अंकले उकालो, कारोबार भने घट्यो

काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य उतारचढावबीच झिनो अंकले बढेको छ। अघिल्लो दिन ७४.७३ अंकले घटेको नेप्से परिसूचक आज ५.८२ अंकले वृद्धि भई २,७८२.१८ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा बैंकिङ, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहका उपसूचक घटेका छन् भने बाँकी समूहहरूमा वृद्धि देखिएको छ। व्यापार समूह सर्वाधिक २.५३ प्रतिशतले बढेको छ।

नेप्सेसँगै कारोबार रकम भने घटेको छ। आज ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर ८ अर्ब ८१ करोड ९७ लाख २२ हजार रुपैयाँमा खरिदबिक्री भएका छन्।

यसअघि बुधबार ३४७ कम्पनीका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयर १२ अर्ब १० करोड ९५ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। भुजुङ हाइड्रोपावर र सुपरखुदी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले तथा होटल फरेस्ट इनको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया