नयाँ गीत "हे माया" उत्कृष्ट अडियो र भिडियो

काठमाण्डौ । लोकप्रिय सर्जक रमेश परियारको शब्द तथा संगीत रहेको नयाँ गीत ‘हे माया’ भर्खरै सार्वजनिक भएको छ। माया–प्रेमलाई विषयवस्तु बनाएर तयार पारिएको उक्त गीतको अडियो तथा भिडियो आकर्षक बनेको छ।

गीतमा चर्चित गायक बद्री सापकोटा र गायिका ज्ञानु परियारको स्वर रहेको छ। कलाकारहरूले गीतमा उत्कृष्ट प्रस्तुति दिएका छन्। सागर विरहीको संगीत संयोजन रहेको गीतको भिडियो निर्माणमा पनि निर्माण टिमले विशेष मेहनत गरेको देखिन्छ।

गीतको भिडियोमा मनोज गुरुङ र तुलसी गुरुङको अभिनय रहेको छ भने निर्देशन मुकेश नेपालीले गरेका छन्। गीत तुलसी गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया