नेप्से ५.३७ अंकले घट्यो, फाइनान्स समूहको सकारात्मक प्रदर्शन

काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घट्दै राताम्य भएको छ। फाइनान्स समूहमा उत्साह देखिए पनि अन्य सबै समूहमा निराशा छाएको छ।

आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ बिन्दुमा पुगेको छ। यस दिन ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ६१ हजार ५१३ पटक किनबेच भएको छ।

फाइनान्स समूह १२८.५३ अंकले बढ्दा ७८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ। मूल्य बढेका कम्पनीहरूमा सकारात्मक सर्किट हान्नेमा अधिकांश फाइनान्स र लघुवित्त कम्पनीहरू रहेका छन्।

सर्वाधिक गिरावट होटल एण्ड टुरिजम समूहको शेयर मूल्यमा देखियो भने लघुवित्त र म्युचल फण्डको मूल्यमा पनि ठूलो गिरावट आयो। होटल एण्ड टुरिजम समूह ५८.७४ अंकले घट्दा आज कारोबार भएका ३१७ वटा कम्पनीमध्ये १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया