विहान १०:३० सम्म बालेनको मत ४० हजार नजिक स्थापित झन् पछि

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । 

विहान १०:३० सम्ममा ११२१२७ मत गनिसक्दा बालेनले ३९८९३ मत पाएका छन् ।

एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २२०१६ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले २२७०७ मत ल्याएकी छन् ।

बालेन शाह सिर्जना भन्दा १७१८६ भन्दा धेरै मतले अघि रहेका छन् । 

प्रतिक्रिया