चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड


काठमाडौं–चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड– २०२१’ प्रदान गरिएको छ । शनिवार नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्लोर द वल्र्डद्वारा आज नयाँ दिल्लीमा आयोजित कार्यक्रममा केही भारतीय होटल तथा ट्राभल एजेन्सीसहित नेपालको चन्द्रागिरि रिसोर्टलाई पनि उत्कृष्ट रिसोर्ट अवार्ड प्रदान गरिएको हो ।


सो कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय पूर्वमन्त्री विजय गोयलले संयुक्तरुपमा सो अवार्ड प्रदान गरेको आयोजक भारतीय पर्यटन बोर्डद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा अवस्थित यस रिसोर्टमा पछिल्ला केही वर्षमा भारतीय पर्यटक पनि आकर्षित भइरहेका बताइन्छ । केबलकारसहितको यो गन्तव्य नेपालका आन्तरिक पर्यटकको पनि आकर्षक गन्तव्य हो । दक्षिण एसियामा उत्कृष्ट होटल तथा रिसोर्टहरुलाई प्रदान गरिने यस अवार्डबाट सन् २०१९ मा पनि चन्द्रागिरि रिसोर्ट सम्मानित भएको थियो ।
 

प्रतिक्रिया