काठमाडौंँ - निरन्तर दुई दिन बढेर १ लाख १ हजार ५०० रुपैयाँ पुगेको सुन, साताको अन्तिम दिन भने सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँ घटेको छ। यस दिन छापावाल सुन १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजबी सुन यस दिन ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ। अघिल्लो दिन तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।