काठमाण्डौ । चर्चित कार्यक्रम सारङ्गी संसारको ३ सय भागमा पुरा भएको छ । नेपाली सांगीतिक क्षेत्रमा लाइभ दोहोरीमा निकै चर्चित रहेको सो कार्यक्रमले आफ्नो ३ सय औं भागमा निकै रमाइलो गरिएको देखिएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा यो कार्यक्रमले धेरै दर्शकको मन जित्दै गइरहेको छ । निकै चर्चित कलाकारहरुले दोहोरी प्रस्तुत गर्ने कार्यक्रममा ३ सयौं भागमा चर्चित गायक राजु परियार र टिका सानुले दोहोरी प्रस्तुत गर्ने छन ।