काठमाडौं - नेपालमा पछिल्लो समय प्राथमिक शेयर निष्कासन गर्नेक्रम ह्वात्तै बढेको छ । धितोपत्र बोर्डले समेत यसमा तिब्र रुपमा काम गरिरहेको छ ।
यसै बीच मनकामना इन्जिनियरिङ हाइड्रोपावरले कात्तिक २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, आर्थिक २०७८-७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७९-८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि छ ।