काठमाडौं । लामो समयपछि नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १।१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । अब यस बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ ।
हाल नारायणीको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसबैंकको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ ।
यस बैंकले बोर्डमा २०७९ भदौ ९ गते आवेदन दिएको थियो । आवेदन दिएको १६ महिनापछि यसले हकप्रद बिक्रीको स्वीकृति पाएको हो