घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार हेर्नुहोस

काठमाडौं - सुनको मूल्य निरन्तर दोश्रो दिन पनि सस्तेको छ । चैत २१ गते, सोमबार सुन तोलामा ६०० रुपैयाँले गिरावट भएको छ । चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा र तेजाबी सुुनको प्रतितोला ९८ हजार २०० रुपैयाँ तोकिएको छ । आइतबार पनि सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको थियो । सो दिन सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको भाउ पनि सस्तिएको छ । आइतबार स्थिर रहेको चाँदीको भाउ सोमबार तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लाे काराेबार  दिन भने चाँदी प्रतिताेला एक हजार ३६० रूपैयाँ कायम रहेकाे थियाे ।

प्रतिक्रिया