चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो हटाउने काम झिसमिसेदेखि सुरु गरिएको छ। डिभिजन सडक कार्यालय भरतपुरका तीन वटा मेसिन परिचालन गरी बिहानैदेखि पहिरो पन्छाउने प्रयास भइरहेको हो।
अस्ति बेलुका साढे ६ बजेदेखि पहिरोका कारण यो सडक बन्द छ र ३६ घण्टासम्म पनि सञ्चालनमा ल्याउन सकिएको छैन। बाटो अवरुद्ध हुँदा यस खण्ड हुँदै यात्रा गर्ने यात्रुहरू बीचैमा रोकिएका छन् र गन्तव्यमा पुग्न सकेका छैनन्।
सडक हेर्ने इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज लगातार पहिरो खस्ने क्रम रोकिए मध्यान्हसम्म सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना छ।