वस्तु आयातमा बैंकहरुले कडाइ गर्ने

काठमाडौं - देशमा तरलता अभाव भएपछि बैंकहरुले विदेशी सामना आयातमा कडाइ गर्ने भएको छ । 

वाणिज्य बैंकहरुले अत्यावश्यक बाहेकका वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेका छन् । 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायत सामाग्री आयातका एलसी नखोल्ने निर्णय गरेको हो । 

राष्ट्र बैंकले गत सोमकबार अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएसँगै संघको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको बैठकमा सहभागी एक सीइओले बताए । 

 

प्रतिक्रिया