धितोपत्र बोर्डको अध्यक्ष चयनमा राजनीतिक किचलो

काठमाण्डौ । विगत ६ महिनादेखि नेतृत्व विहिन बनेको धितोपत्र बोर्डको प्रमुख चयन प्रक्रियामा राजनीतिक किचलो सुरु भएको छ । अर्थमन्त्री वर्षमान पुन,पूर्व प्रधानमन्त्री केपी ओली र प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको स्वार्थका कारण लामो समयदेखि यो प्रक्रिया अन्योलमा परिरहेको छ । 

केहि समय पहिला आवेदन माग भए बमोजिम अध्यक्षको लागि बोलाइएको पहिलो पटकको अन्तर्वार्तामा जम्मा दुई जना उम्मेदवार मात्रै पुगेपछि यो प्रक्रिया अन्योलमा परेको हो । यसका पछाडि राजनीतिक कारण रहेको प्रष्ट देख्न सकिन्छ । 

तर, दोस्रो पटक पनि यी तीनै जना उम्मेदवार अन्तर्वार्ताको लागि उपस्थित भएनन्। यससँगै धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया नै रद्द हुने सम्भावना बढेको छ। 

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा बनेको छनोट समितिले १९ जनामध्येबाट पहिलो चरणमा पाँच जनाको नाम छनोट गरेको थियो। 

छनोटमा सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, डा। नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं थिए। 

यी पाँचमध्ये सन्तोष नाराणण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै आइतबारको अन्तर्वार्तामा उपस्थित भए। बाँकी तीन दुवै पटक अनुपस्थित रहे। 

प्रतिक्रिया