काठमाडौं - कुमारी बैंक लिमिटेडलाई सबै सिस्टम ह्याक गर्ने धम्की आएको छ ।
बैंकलाई साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम ह्याक गरिदिने धम्की आएको हो ।धम्कीपूर्ण इमेल आएपछि बैंकले (बिहीबार) बिहान सबै सिस्टम बन्द गरेको थियो । तर बैंकका कामु सीईओ अनुजमणि तिमल्सिनाले बिहीबार साँझ नै सिष्टम सञ्चालनमा ल्याउने तयारी रहेको बताएका छन् ।
धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको कामु सीईओ तिमल्सिनाले जानकारी दिएका छन् ।