पोखराका दुई लजमा प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । पोखरास्थित फिस टेल लज पोखरा र अन्रपूर्णा जगतपुर लज प्रालि तथा प्रभु बैंक लिमिटेडबीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।

चैत २५ गते सम्पन्न कार्यक्रममा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु बिष्ट र लजका तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले उक्त लजमार्फत उपलब्ध विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन् । ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यममार्फत भुक्तानी गर्दा छुट सुविधा लागू हुने जनाइएको छ ।

यसअन्तर्गत आवास सेवामा संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

प्रभु बैंकले हाल देशभर ३१२ शाखा, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख ग्राहकलाई सेवा दिँदै आएको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ बैंकले सेवा विस्तार गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया