• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

अरूको नामबाट शेयर भर्नेहरुको दिन गए,आउँदै छ यस्तो सफ्टवेयर

काठमाण्डौ - अरुको नामका डिम्याट खाता चलाउनु भएको छ ? यदि हो भने अब धेरै समय हजुर जोगिन पाउनुहुने छैन । 

नियामक निकाय सिडिएससी ले अब अरुको नामबाट शेयर भर्नेहरुको विवरण पत्ता सफ्टेयर बनाउने अन्तिम तयारीमा रहेको जनाएको छ । 

त्यसको लागि उसले बोलपत्र पनि आह्वान गरिसकेको छ । अबको ६ महिना भित्र यो प्रविधि लागू हुने उसको विश्वास छ । 

सो सफ्टवेयर निर्माण गरिसकेपछि सबै DP हरुलाई दिइने छ र KYC update गर्न लगाइने छ । जुन बेला व्यक्ति स्वयं उपस्थित भएपछि मात्र विवरण रुजु हुनेछ । केवाइसी विवरणलाई अझ विस्तृत बनाइनेछ। हालसम्म डिम्याट खाता खोलेकाहरु पनि एक पटक निक्षेप सदस्य (डिपी)मा आफै उपस्थित भएर केही थप विवरण प्रमाणित गर्नुपर्नेछ। त्यतिबेलै अरुका नाममा डिम्याट खाता खोलेकाहरु पत्ता लाग्नेछ। 

नेपालमा अहिले ३ लाख भन्दा धेरै यस्ता खाता रहेको अनुमान छ । यदि सो प्रविधि आयो भने त्यसभित्र रहेको केही विकृत कम हुने जानकारहरु बताउँछन् । 

त्यतिमात्र हैन अरुका नाममा त्यसरी डिम्याट खाता खोलेर कारोबार गर्नेलाई बैंकिङ कसुरअन्तर्गत कारबाही पनि हुन्छ। डिम्याट खाता खोलिसकेपछि घरमै बसेर अनलाइनमार्फत आइपिओ भर्न सकिन्छ। 

 

 

 

 

 

प्रतिक्रिया