काठमाण्डौ । डेढ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘बहिष्कार’ लगायतका गीतको भिडियोमा अभिनय गरे ।
‘हे माया’, ‘भिटामिन यू’, ‘तामा पित्तल’ जस्ता यी दुईको सहकार्य रहेका एकपछि अर्को म्युजिक भिडियो समेत सार्वजनिक भए । कतिपय ठाउँमा राहत सामग्री समेत लिएर यी दुई सँगै पुगेका थिए । कार्यक्रममा समेत सँगै पुग्ने गरेका यी दुईले अन्तर्वार्तामा एकअर्काको खुलेर प्रशंसा गर्दथे । सांगीतिक बजारमा यी दुईको मित्रताको निकै चर्चा हुने गरेको थियो ।
तर पछिल्लो समय पल र दुर्गेशको सहकार्य भएका म्युजिक भिडियोहरु दर्शकले हेर्न पाएका छैनन् । यता कार्यक्रमदेखि अन्तर्वार्तामा समेत यी दुई सँगै नदेखिएको धेरै भएको छ ।
यसै क्रममा पलले आफुलाई दुर्गेशकै सड्यन्त्रमा समिक्षाको कुरा बाहिर आएको बताएका छन् । उनले सामाजिक संजालमा नामै तोकेर दुर्गेशको नाम लिएका हुन् ।
अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि षणयन्त्र भएको भन्दै दोषी ठहरिए कानुन अनुसार सजाय भोग्न तयार रहेको बताएका हुन्।