• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

सानीमा लाईफ इन्स्योरेन्सको आइपीओमा दोर्सो दिनमै पर्यो यति धेरै आवेदन,शेयर पाउन भाग्यकै भर

काठमाण्डौ - सानीमा लाईफ इन्स्योरेन्सको शेयरमा आवेदनको आईओरो लागिरहेको छ । 

५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जना सर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता शेयरको लागि आवेदन परेको छ । 

कम्पनीले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया