• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

साताको अन्तिम दिन १९ अंकले बढ्यो नेप्से,कारोबार रकम ७ अर्व पनि पुगेन

काठमाण्डौ - साताको अन्तिम दिन नेप्से १९ अंक भन्दा धेरैले बढेर समग्र बजार २८४३ विन्दुमा पुगेको छ । 

नेप्से बढे पनि कारोबार रकम भने उल्लेख्य बृद्धि हुन सकेको छैन । आज २२४ कम्पनीहरुको ६ अर्व ७० करोड बराबरको शेयर कारोबार भएको छ । 

कारोबार भएका मध्य ११९ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ५२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १२ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । 

नेको इन्स्योरेन्सको शेयर सबै भन्दा धेरै कारोबार हुँदा ४ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । आज नेप्सेका सबै उपसूचकमा हरियाली छायो भने गैर जिवन विमाको उप सूचक भने सामान्य घटेको छ । विकास बैक र होटल उप समूह आज सबै भन्दा धेरै बृद्धि भए । 

आज म्युचुअल फण्डका लगानीकताहरुले सबै भन्दा धेरै गुमाएका छन । 

प्रतिक्रिया