चितवनको तुइनखोलामा मंगलबार अपराह्नदेखि अवरुद्ध बनेको नारायण–मुग्लिन सडक दुई दिनपछि पुनः सञ्चालनमा आएको छ। सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण राजमार्ग पूर्णरूपमा बन्द भएको थियो।
सडक विभाग र स्थानीय प्रशासनले लगातार प्रयास गर्दै करिब ३५ घण्टापछि पहिरो पन्छाएर सडक यातायात पुनः खुलाएको हो। यसअघि पनि केही दिनमै दोस्रो पटक यस खण्डमा पहिरो खस्दा आवागमन रोकिएको थियो।
दशैंको समयमा गाउँ फर्किने यात्रुहरूलाई सडक अवरुद्ध हुँदा ठूलो असुविधा भएको स्थानीयले बताएका छन्। अब भने सडक दुईतर्फी रूपमा सञ्चालनमा आएसँगै यात्रुहरूलाई सहज भएको छ।