साताको अन्तिम दिन शेयर बजारमा मन्दी: नेप्से १.३० प्रतिशतले घट्यो

काठमाडौं – शेयर बजारमा बुधबारको वृद्धि लामो समय टिक्न सकेन। बुधबार ४९ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुनः ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा पुगेको छ। यस दिन नेप्से १.३० प्रतिशतले ओरालो लागेको हो।

बिहीबारको कारोबारमा कुल १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर खरिद-बिक्री भएको छ, जसको मूल्य ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबर पुगेको छ।

यस दिन ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ। ४ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो। कुल ३२२ कम्पनीको ६५ हजार २५८ पटक कारोबार भएको छ।

समूहगत विश्लेषणमा १३ मध्ये २ समूहमा हरियाली देखिएको छ भने बाँकी ११ समूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन समूह ०.३० अंकले बढेर ६ हजार ६७५.९६ विन्दुमा पुग्यो भने ट्रेडिङ समूह १.०१ प्रतिशतले उकालो लागेर ३ हजार ४८५.२१ विन्दुमा पुगेको छ।

सबैभन्दा ठूलो गिरावट होटल एण्ड टुरिजम समूहमा देखिएको छ, जसको मूल्य २.३४ प्रतिशतले घटेर ६ हजार ५३.०४ विन्दुमा पुगेको छ।

अन्य समूहमा पनि गिरावट जारी रह्यो। वाणिज्य बैंक १.१५ प्रतिशत, विकास बैंक १.१७ प्रतिशत, फाइनान्स २.०७ प्रतिशत, हाइड्रोपावर २.३० प्रतिशत, लगानी १.७० प्रतिशत, जीवन बीमा ०.९३ प्रतिशत, लघुवित्त १.३१ प्रतिशत, म्युचुअल फण्ड ०.२९ प्रतिशत, निर्जीवन बीमा ०.२९ प्रतिशत र अन्य समूह ०.९७ प्रतिशतले घटेका छन्।

प्रतिक्रिया