डिशहोमको आईपीओ निष्कासन कहिले ? यस्तो छ तयारी


काठमाडौं– सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको डिशहोमले बुक बिल्डिङ मार्फत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  नेपाल धितोपत्र बोर्डले आईपीओ जारीका लागि स्वीकृति दिइसकेको भएको भए पनि बुक बिल्डिङ मार्फत नै आईपीओ जारी गर्ने तयारीका कारण केही ढिलाइ भएको छ । विदेशी लगानीकर्ता समेत रहेको हुनाले निकै ठुलो कसरत पछि मात्र साधारण शेयर निष्कासनको चरणमा डिश होम पुगेको हो ।

 आउँदो अक्टोबर महिनाभित्र आईपीओ जारी गर्ने तयारी गरेको डिश होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले बताए ।
विगत लामो समयदेखि लाभांश वितरण नगरेका कारण ठुलो रकम कोषमा जम्मा भएको छ । त्यसको हकदार हाल कायम रहेका शेयर धनीहरू नै हुन् । उनीहरूलाई न्याय गर्न पनि बुक बिल्डिङमा जानुपर्ने निष्कर्षमा डिश होम पुगेको हो ।  
कोरोना महामारीका कारण समेत साधारण शेयर निष्कासनमा ढिलाइ भइरहेको बेला बुक बिल्डिङमा जाँदा सबैको हित हुने ठहरमा पुगेको कम्पनीले जनाएको छ । टेलिभिजन सेवा प्रदायकबाट अब डिश होम इन्टरनेट सेवा प्रदायकका रूपमा समेत विकसित भइसकेको हुँदा बुक बिल्डिङको चरणमा समेत राम्रै मूल्य प्राप्त हुने कम्पनीले जनाएको छ ।   
अहिले डिश होमले टेलिभिजनसँगै फाइबर लाइन पुगिसकेका प्रमुख सहरहरूमा निशुल्करुपमा इन्टरनेट सेवा समेत उपलब्ध गराइरहेको छ । आफ्ना ग्राहकहरूलाई ‘कम्बो प्याक’का रूपमा हाल उपलब्ध गराइरहेको त्यस्तो सेवा चाडै नै स्याटलाइट मार्फत ग्रामीण क्षेत्रमा समेत पु¥याउने तयारीमा डिश होम छ ।


 

प्रतिक्रिया