बरुण हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौंं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले भदौ ६ गतेदेखि ३१ गतेसम्म शेयरधनीहरूका लागि विक्री गरेको हकप्रद शेयर बुधवार बाँडफाँड गरेको हो ।

कम्पनीले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि उक्त हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीका अनुसार उक्त हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृतपश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

साउन १ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी २६ करोड ७९ लाख ७ हजार ५०० को आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बाँडफाँड गरेको हो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय