नेप्से २७११ विन्दुमा, कारोबार रकममा गिरावट

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेको छ। यो वृद्धि ०.३३ प्रतिशत हो। नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ।

आज १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा १४३ कम्पनीको शेयर मूल्य बढेको, ८९ को घटेको र ११ को स्थिर रहेको छ। ३२३ कम्पनीको कारोबारमा ७४ हजार ३०३ पटक किनबेच भएको छ। यस क्रममा ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको मूल्य नकारात्मक सर्किटमा परेको छ।

१३ समूहमध्ये ८ समूहको सूचक बढेको छ भने ५ समूह घटेको छ।

सबैभन्दा बढी वृद्धि विकास बैंक समूहले ३.३८ प्रतिशतको दरले गर्दै ५७०२.२४ विन्दुमा पुर्‍याएको छ।

फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो, लगानी, लघुवित्त, म्युचुअल फण्ड, र ट्रेडिङ समूह पनि क्रमशः १.६६, ०.४५, १.२८, ०.२०, ०.०७, ०.३८, र ०.२७ प्रतिशतले बढेका छन्।

वाणिज्य बैंक समूह ०.२६ प्रतिशतले घटेर १५०३.३० विन्दुमा आएको छ। जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, र अन्य समूह पनि हल्का गिरावटमा छन्।

प्रतिक्रिया