म बेचिँदै छु,
तिमी देश हेर्दैछौ।
म बिर्सिँदै छु,
तिमी देश हेर्दैछौ।
कल्पनाको देशभन्दा पनि
सपनाको देश देख्न मात्रै मन।
मेरो देशको नाला बेचियो,
छाला बेचियो,
परदेशी फर्किएको छैन।
आमा,
तिम्रो चोली फेर्ने बेला
म यसरी टाढा भएँ।
मात्र एउटा मुठी सासको लागि
आभास गरेको छु।
के यो तिम्रो पर्खाइ मात्र हो ?
मात्र एउटा मुठी सासको लागि
आभास गरेको छु।
बाबा,
तपाईंले औषधि समयमा खानुहोला,
प्रेसर हुन्छ।
बुढ्यौली लाग्यो,
तपाईंले मलाई देख्नुभएन,
मैले आफ्नो सन्तति देख्छु,
तर तपाईंलाई देख्दिन।
फर्किने बेला मेरो देशको
अनुहार हेर्ने मन छ,
मेरो देशको मुहार।
म हिँड्ने बेला ढुंगे दाइको ऋणले
आमा,
तिमी गोठालो भएकी होइनौ ?
तपाईंलाई साडी चोलो किनौंला
भन्ने चाहना छ।
आमा,
माथिबाट अरुले हेर्दैछन्।
फर्के भने चोलो पनि आउँछ,
फोटो पनि आउँछ—
बेचिएको छोरो।
✍️ भूमि सुवेदी, पर्वत