नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले दीपक थापालाई नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। वसन्त कुँवर अवकास पाएपछि उनको स्थानमा थापालाई नियुक्त गरिएको हो।
थापा हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रमुख थिए। उनी २०५२ साल भदौ १९ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। आईजीपी बन्ने दौडमा सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। तीनै जना एकै ब्याचका अधिकृत भए पनि थापा वरियतामा पहिलो स्थानमा रहेका कारण उनलाई आईजीपी बनाइएको हो।
थापा २०७९ साल फागुन २६ गते एआइजीमा सिफारिस भएका थिए भने २०७० साल चैत ६ गते मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेको थियो। गिरी र तामाङ भने त्यसको दुई हप्तापछि एआइजी बनेका थिए।