प्रभु लाइफ इन्स्योरेन्सको पाचौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं—जीवन बीमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले पाचौं वार्षिकोत्सव मनाएको छ । प्रभु चार वर्ष पूरा गरेर पाचौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले विविध कार्यक्रम सहित वार्षिक उत्सव मनाएको छ ।


वार्षिकोत्सवको अवसरमा कम्पनीले समता स्कुललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जानकारी दिए । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत निम्न आर्थिक अवस्था भएका विद्यार्थीलाई सघाउन रकम प्रदान गरेको हो ।


कम्पनीले अहिलेसम्म तीन अर्ब ८२ करोड रुपैयाँ भन्दा धेरै बीमा शुल्क आर्जन गरिसकेको छ । यस अवधिमा २ लाख ७० हजार भन्दा धेरै बीमा पोलिसी बिक्री गरेको जनाएको छ । कम्पनीले बीमितहरुलाई १५ करोड ८३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने बीमितलाई प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनश दर प्रदान गरेको जनाएको छ । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३० करोड रुपैयाँ जम्मा गर्न भएको छ भने कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।


प्रभु इन्स्योरेन्समा प्रभु बैंक, सांग्रिला विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल लगायत एक दर्जन बैंक तथा वित्तीय संस्थासहित एक सय ७४ जना संस्थापक शेयरधनीहरु रहेका छन् । कम्पनीले सुरक्षित भविष्यका लागि जीवन बीमा भन्ने अभियान चलाएको छ ।
 

प्रतिक्रिया