निर्देशनमा जमेकी स्मृतिको आवाजमा पनि जादु, मौलिक तीज गीत सार्वजनिक

काठमाडौं । करिब दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय चर्चित निर्देशक स्मृति तिमिल्सीनालाई धेरैले सफल निर्देशकको रूपमा लिन्छन्। तल्लो तहबाट संघर्ष गरेर आजको सफलतामा पुगेकी स्मृतिको अर्को पाटो पनि दमदार छ, त्यो हो गायन।

निकै कम मात्र आफ्नो आवाजमा गीत सार्वजनिक गर्ने स्मृतिको अहिले भाइरल भइरहेका कलाकारहरूको बराबरको आवाज रहेको छ। उनले हरेक तीजमा मौलिक तीज गीत सार्वजनिक गर्ने गरेकी छिन्। यसै बीच, उनले नयाँ गीत "आमा म परेँ जालैमा" भर्खरै मात्र सार्वजनिक गरेकी छिन्।

तीजको गीतको नाममा छाडा गीतहरूले बजार तताइरहेका बेला उनको मौलिक गीतलाई भने त्यति धेरै दर्शक आइसकेका छैनन्। तर गीत विस्तारै सबैको मन जित्दै छ। अडियो र भिडियो निकै उत्कृष्ट रहेको उनको सो गीतमा आकर्षक नृत्य पनि समावेश गरिएको छ।

खुमन अधिकारीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा स्मृतिलाई आवाजमा उनै खुमनले साथ दिएका छन्। रमा थपयिया, स्मृति र खुमनले अभिनय गरेको सो गीतलाई विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् भने निर्देशन स्मृतिले आँफै गरेकी छिन्।

 

प्रतिक्रिया