लगातार बढ्दै गरेको सुनको मूल्य, आज घटेकोछ कति पुग्यो तोलामा

काठमाडौंं - बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएकाेमा बुधबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय १५ रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया