बितेको २४ घण्टामा कोरोना संक्रमण भन्दा निको हुने धेरै,यस्तो छ आजको अपडेट

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १४६ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ९१६ वटा नमूनाको परीक्षण गर्दा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा २१ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ । त्यस्तै आज १ हजार १६० जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया