मङ्गलबार नेप्से दोहोरो अंकले बढ्यो,तीन कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाडौं - निरन्तर ओरालो लागिरहेको नेप्से मंगलबार भने बढेको छ । ठूला कम्पनीहरु शेयर किन बेचामा चहलपहल बढेसँगै नेप्से उकालो लागेको हो । 

परिसूचक १० अङ्कले बढेर समग्र बजार २०४१ विन्दुमा पुगेको छ । ३१० कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा हुँदा २ अर्ब ३५ करोड भन्दा धेरै मूल्यको कारोबार भएको छ । 

आज तीन कम्पनीहरूको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने शिवम् सिमेन्टको शेयर धेरै कारोबार भएको छ । 

वित्त र बीमा उपसमूह बाहेक सबै उपसमूह आज बढेका छन् । लगातार नेप्से घटेर तनावमा रहेका लगानीकर्तालाई केही राहत भएको छ। 

प्रतिक्रिया