नेप्से परिसूचक ८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ८.२४ अंकले घटेर २,६२२.८९ बिन्दुमा पुगेको छ।

गत आइतबार नेप्से ३०.७५ अंकले बढ्दै २,६३१.१४ बिन्दुमा पुगेको थियो। लगातारको वृद्धि रोकिँदै सोमबार बजार फेरि नकारात्मक बनेको हो।

आज कारोबार रकममा पनि गिरावट आएको छ। कुल ३३३ कम्पनीका १ करोड २१ लाख ८ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा जम्मा कारोबार ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँमा सीमित रह्यो। गत आइतबार भने ३१९ कम्पनीका २ करोड ९७ लाख कित्ता सेयर ९ अर्ब २० करोड रुपैयाँमा किनबेच भएका थिए।

क्षेत्रगत सूचकमा हेर्दा सोमबार विकास बैंक, होटल तथा पर्यटन, उत्पादन, म्युचुअल फण्ड, अन्य र व्यापार समूहका सेयरमा वृद्धि देखिएको छ भने बाँकी सबै समूहका सेयर मूल्य घटेका छन्। बजारमा समग्र रूपमा लगानीकर्ताहरू सतर्क मुद्रामा रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय