• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

राष्ट्र बैंकका कार्यकारी निर्देशक नै ४-१२ को विपक्षमा

काठमाडौंं - नेपाल राष्ट्र बैंकले तयार पारेको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको  ड्राफ्टमाथि आइतबार बैंकको केन्द्रीय कार्यालयमा छलफल भएको छ । आर्थिक तथा अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको ड्राफ्ट बैंकको व्यवस्थापन कमिटीमा छलफल भएको हो । 

उक्त छलफलमा केही कार्यकारी निर्देशकले सेयर कर्जामा लगाइएको ४ -१२ करोडको सिमा हटाउनुपर्ने धारणा व्यक्त गरेका छन् । छलफलमा सहभागी एक निर्देशकले भने ‘केहि कार्यकारी निर्देशक ज्यूहरुले सेयर कर्जामा लागेको सिमा हटाउनु पर्ने धारणा राख्नु भएको छ ।

आईतबारको छलफलमा अनुसन्धान, सुपरीवेक्षण, विदेशी विनिमय व्यवस्थापन र नियमन विभागलगायतका कार्यकारी निर्देशकहरु सहभागी थिए ।

प्रतिक्रिया