एपोलो हाईड्रोपावरले आईपीओ जारी गर्ने

काठमाण्डौ । नेपालमा पछिल्लो समय लगानी गर्नको लागि पँुजी जुटाउन प्राथमिक शेयर सबै भन्दा सजिलो माध्यम हो । एक बर्ष भित्रनै दर्जनौं कम्पनीहरुले प्राथमिक शेयर मार्फत पुँजी ज्ुटाइसकेका छन ।  यसैबीच एपोलो हाईड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । 

सोहि काम अन्तरर्गत कम्पनीले १४ लाख १० हजार कित्ता साधारण शेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।

 यस कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग मिति २०७५ साल साउन २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५५ सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया