काठमाण्डौ । मृगौला फेल भएर उपचार गराइरहेकी चम्सुरीको नामले चिनिने पल्पसा ढंगोलले आफ्नो नाममा सहयोग संकलन नगर्न आग्रह गरेकी छन ।
साथै उनले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफुलाई जर्वजस्ती सहयोग गरेको भन्दा त्यो सहयोग रकम फिर्ता लैजान समेत अनुरोध गरेकी छन ।
एक मिडियासँगको कुराकानीमा आफुलाई आर्थिक सहयोग आवश्यक नभएको समेत बताएकी छन । अहिले उनलाई उपचार सहयोग गर्ने भन्दै केहि अभियन्ताहरुले सहगोग रकम संकलन गरिरहेका छन ।
आफुलाई मृगौलाको आवश्यक परेको तर आर्थिक समस्या नभएको उनको भनाई छ । कृष्ण कँडेलको समुहले उनलाई ८० हजार सहयोग गरेका थिए ।