सांकेतिक तस्बिर
बासुदेव पोखरेल/गुल्मी - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा आज भएको फोर्स गाडी दुर्घटनामा गुल्मीका दुई बालबालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मृत्यु हुनेमा मदाने गाउँपालिका–६ पुर्कोट दहकी १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७ नेटाखर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन्।
बुटवलबाट पुर्कोट दहतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी दुर्घटनामा परेका अन्य चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि अर्घाखाँची अस्पताल पठाइएको हो।
प्रहरीका अनुसार गाडीमा रहेका यात्रुहरूको पूर्ण विवरण भने अझै प्राप्त भएको छैन।