काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज ७।३३ अंकले घटेर २,५८८।६२ बिन्दुमा झरेको छ। आजको कारोबारमा २९६ कम्पनीका १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर ७० हजार ६३४ पटक खरिदबिक्री भएका छन्। कुल कारोबार रकम ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँ पुगेको छ।
आज १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअल फन्ड, व्यापार, र अन्य समूहको सूचक बढेको छ। बाँकी ८ उपसमूहको सूचक भने घटेको छ। आज बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त, र मन्दाकिनी हाइड्रोपावरका सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ९।९९ प्रतिशतले र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ६।६५ प्रतिशतले बढेको छ।
पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। जानकी फाइनान्सको मूल्य ९।३९ प्रतिशत, खानिखोला हाइड्रोपावरको ९।१५ प्रतिशत, र रिलायन्स फाइनान्सको ७।५७ प्रतिशतले कमी आएको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिन्धु विकास बैंकको २८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ।