मेरो शेयरमा देखिएको समस्या समाधान भयो

काठमाण्डौ - सोमबार दिँउसो देखि देखिएको मेरो शेयरको समस्या आज भने समाधान भएको छ । 

डाटा सर्भर भएको ठाँउमा विद्युत आपुर्तिमा समस्या भएका कारण लगइनमा समस्या आएको थियो । सिटिएससिले अहिले समस्या समाधान भइसकेको जनाएको छ । साथै हिजो अन्तिम दिन आइपीओ भर्ने मिति रहेको कम्पनीको शेयर भर्ने समय आज सम्मको लागि थप गरिएको जनाएको छ । 

साथै शेयर विक्रि गरेर हिजो इडिएस गर्नु पर्नेहरुको लागि पनि आजको समय थप गरिएको छ । पछिल्लो समय मेरो शेयर देखिन समस्यामा केहि कमि आए पनि पुर्ण रुपमा समाधन भने भएको छैन । 

प्रतिक्रिया