शुक्रबार सुनचाँदीकै मूल्यमा गिरावट

काठमाडौंं - शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । 

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया