सिटिजन्स बैंकमा लुटपाट, सुरक्षा गार्डमाथि गोली प्रहार


काठमाडौं–सिटिजन्स बैंकमा लुटपाट भएको छ ।  लुटेराहरुको समूहले मोरङको धनपालथान गाउँपालिस्थित कर्सिया बजारमा रहेको शाखामा लुटपाट भएको हो । लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सिटिजन्स बैंक कर्सिया शाखामा दिउँसो ४ बजेतिर लुटेरा समूहले बैंकमा लुटपाट गरेको बताइएको छ । एक कर्मचारीका अनुसार दिउँसो ४ बजेतिर लुटेरा समूहले बैंकमा लुटपाट गरेको हो । उनीहरुले कति रकम लुटे भन्ने अहिलेसम्म यकिन भइसकेको छैन । बैंकको गार्डलाई गोली प्रहार गरी लुटेरा समूहले बैंकमा प्रवेश गरेको र लुटपाट गरेको कर्मचारीले बताए ।  


लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षा गार्डले रोक्ने प्रयास गर्दा उनलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । प्रहरी स्रोतका अनुसार घटनामा संलग्न भारतको अररिया जिल्ला विपुरदेखिका ३२ वर्षीय सुनील यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगरस्थित मुनालपथका ३२ वर्षीय श्याम मुखिया पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये विजयको बायाँ तिघ्रामा गोली लागेको छ  । प्रहरीले उनीहरुलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकाबाट पक्राउ गरेको हो। बैंक लुट्ने प्रयास असफल भएपछि को २५ प ३८९९ नम्बरको मोटरसाइकलमा चढेर भागेका थिए। लुटेरा समूहले प्रयोग गरेको पेस्तोल खैरवनास्थित बाँझ झ्याङबाट प्रहरीले बरामद गरेको छ।  

प्रतिक्रिया