काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र कारोबारका लागि हालसम्म ९० दलाल कम्पनीलाई अनुमति दिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ८२ वटा दलाल कम्पनीलाई अनुमति दिइएकोमा, थप आठ कम्पनीलाई पनि हालै अनुमति प्रदान गरिएको हो।
नेप्सेका अनुसार, धितोपत्र खरिद तथा बिक्रीका लागि असोज मसान्तसम्म ९० दलाल कम्पनीहरू परिचालित भएका छन्।
चालु आर्थिक वर्षका लागि धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा दुई कम्पनीको सदस्यता नवीकरण गरिएको छ, जसमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेड छन्।
यसका साथै, हालसम्म दर्ता भएका ९० कम्पनीमध्ये एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालन सेक्युरिटिज लिमिटेडलाई पूर्ण कार्य सम्पन्न गर्ने धितोपत्र दलालको रूपमा अनुमति दिइएको छ भने अन्य ८८ कम्पनीलाई सीमित कार्यका लागि अनुमति प्रदान गरिएको छ।