काठमाडौं - ब्याजदर बढेपछि बैंकको निक्षेप संकलनमा केही सुधार आएको छ । तरलता अभावले आजित भएको बेला निक्षेपले केही राहत दिएको छ ।
फागुन महिनाको पहिलो सातामै बैङ्कहरूले १ अर्ब निक्षेप बढाएर ४ अर्ब कर्जा थपेका छन् । बैङ्कहरू तरलता सङ्कटको चुलिँदै गएको बेलामा वाणिज्य बैङ्कहरूले १ अर्ब निक्षेप बढाएर ४ अर्ब कर्जा थपेका छन् ।
वाणिज्य बैङ्कहरूले माघको तुलनामा फागुन १ गतेदेखि निक्षेपमा १ प्रतिशत व्याज बढाएर ११.०३ प्रतिशत पु¥याएका छन् । बढेको ब्याजदरमा निक्षेप १ अर्ब थपिएको हो । बैंकर्स सङ्घका अनुसार फागुन ६ गतेसम्म माघ मसान्तको भन्दा १ अर्बले बढेर कूल निक्षेप ४३ खर्ब १२ अर्ब पुगेको छ ।
माघ मसान्तसम्म भने उक्त कूल निक्षेप ४३ अर्ब ११ अर्ब थियो । बैङ्कहरूले फागुन ६ गतेसम्म कर्जा लगानी ४ बढाएका हुन् । माघ अन्तिममा लगानी ४१ खर्ब ५५ अर्ब रहेकोमा बढेर ४१ खर्ब ५९ अर्ब पुगेको छ । त्यस्तै बैङ्कहरूको कर्जा–निक्षेपको अनुपात (सिडी रेसियो) एभ्रेजमा ९० प्रतिशत नाघेको छ । वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४३ खर्ब १२ अर्ब हुँदा कर्जा लगानी ४१ खर्ब ५३ अर्ब पुगेको छ ।
बचत बढेसँगै त्यसको प्रभाव शेयर बजारमा पर्ने धेरैको विश्वास रहेको छ । रोकिएको शेयर धितो कर्जा समेत बिस्तारै बढ्दै जाने अनुमान छ । निक्षेप संकलन र शेयर बजार बीच सोझो सम्बन्ध नभए पनि यसको मनोवैज्ञानिक असर पर्ने गरेको छ ।