काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेकाले देशभर वर्षाको सम्भावना रहेको जनाएको छ।
आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने र केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। आज राति पनि देशभर बदली रहँदै पहाडी क्षेत्रमा मध्यम वर्षा र गण्डकी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशीका केही भागमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव, नदीनाला र खोलामा पानीको सतह बढ्ने तथा यातायातमा असर पर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।