थापाथलीमा पनि मेलम्चीको पाइप फुट्यो, सडक जलमग्न

काठमाडौं - काठमाडौंको थापाथली क्षेत्रमा मंगलबार बिहान मेलम्ची खानेपानीको पाइप फुटेको छ। पाइप फुट्दा सडकमा बाढीझैँ पानी बग्न पुगेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

यसअघि, माघ ३० गते नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले ड्रिल गर्ने क्रममा बबरमहलमा मेलम्चीको पाइप फुटेको थियो। बबरमहलको घटना भएको एक महिना नपुग्दै पुनः पाइप फुटेपछि मेलम्ची आयोजनाको पाइपलाइन व्यवस्थापनप्रति प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया