काठमाडाैं - बजारमा ठूलो गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.३७ प्रतिशत अर्थात् ६३.१५ अंकले घटेर २६००.३५ बिन्दुमा पुगेको छ ।
आज दिनभर ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सूचीकृत २१५ कम्पनीको सेयरमूल्य घटेको छ भने केवल १० कम्पनीको मूल्यमा वृद्धि भएको छ ।
आजका सबै उपसूचकहरू पनि घटेका छन् । बैंकिङ समूह १.३२ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत, वित्त १.१२ प्रतिशत, जलविद्युत २.७४ प्रतिशत, होटल तथा पर्यटन २.७२ प्रतिशत, लगानी १.९१ प्रतिशत, जीवन बीमा १.८६ प्रतिशत, उत्पादनमूलक १.८५ प्रतिशत, लघुवित्त १.८७ प्रतिशत, सामूहिक लगानी कोष ०.८८ प्रतिशत, निर्जीवन बीमा २.०४ प्रतिशत र अन्य समूह ४.८३ प्रतिशतले घटेका छन् ।