रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौ - स्थानिय निकायको निर्वाचनको नतिजा धमाधम आइरहेको छ । मतगणना सुस्त गतिमा भए पनि बिस्तारै नतिजा आइरहेको छ ।
यसैबीच नेपाली कांग्रेसले आफ्नो स्थानिय निकायको जितमा सतक कटाएको छ । विहान ६ बजे सम्मको ताज़ा अवस्थामा कांग्रेसले १०६ स्थानिय निकायमा प्रमुख पद जितेको छ भने २०९ स्थानमा अग्रता कायम गरिरहेको छ ।
त्यस्तै उप प्रमुखमा पनि काँग्रेसले १०३ स्थानमा जितेको छ भने १७५ स्थानमा अग्रता बनाएको छ । नेकपा एमाले ६२ स्थानमा विजयी हुँदा माओवादी ४८ स्थानमा जीत निकाल्न सफल भएको छ ।