प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भेटवार्ता, नौ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा सम्पन्न भएको हो।

भेटवार्तामा भएको विषयवस्तुबारे सचिवालयले औपचारिक जानकारी दिएको छैन।

दुई देशबीच सहमति

राष्ट्रपति सीसँग भेटअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग पनि वार्ता गरेका थिए। वार्तापछि नेपाल र चीनबीच नौ बुँदे सहमति भएको छ।

यद्यपि, सहमतिको विवरणमा बेल्ट एन्ड रोड परियोजनालाई ठोस रूपमा समेटिएको छैन। ओलीको यसपटकको चार दिने भ्रमणलाई औपचारिक रूपमा पदबहालीपछिको पहिलो विदेशी भ्रमणका रूपमा लिइएकोछ।

 

प्रतिक्रिया