लगातार महंगियाे सुनको मूल्य

काठमाडौंं - सुनको भाउ लगातार दोश्रो दिन पनि महंगिएको छ । भदौ २० गते, सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।

यस दिन चाँदी पनि प्रतितोला पाँच रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघलाई जनाएको छ ।सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ पुगेको छ ।

साताको पहिलो दिन पनि सुन तोलामा ६०० रुपैयाँले उकालो लागेर प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि निरन्तर तीन दिन देखि बढोत्तरी भएको छ । मूल्य वृद्धिको क्रममा चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ११५ रुपैयाँमा किनबेच हुँदैछ ।

आइतबार पनि चाँदी प्रतितोला पाँच रुपैयाँले नै बढ्दा एक हजार ११० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया