केही समयको अन्तरालपछि तेजश रेग्मी र समीक्षाको नयाँ गीत - फुर्के जुङ्ग

काठमाडौं -: लोकप्रिय गायक तथा शब्द संकलक तेजश रेग्मीको केहि समयको अन्तरालपछि नयाँ गीत सार्वजनिक हुने भएको छ । 

शुक्रबार बेलुकी सार्वजनिक गर्ने तयारीका साथ अडियो र भिडियोको सम्पूर्ण काम सकिएको रेग्मीले हामीलाई जानकारी दिनुभयो । 

नयाँ गीत फुर्के जुँगा पछिल्लो समय चलेको ट्रेण्ड सुहाउँदो रहेको गायक रेग्मीले हामीलाई जानकारी दिनु भयो । बेलुकी ४:३० बजे गीत सार्वजनिक गर्ने तयारी रहेको उहाँको भनाइ छ । 

सपना बानियाँको शब्द तथा तेजश रेग्मीको लय सिर्जना रहेको गीतमा समीक्षा अधिकारी र तेजश रेग्मीको आवाज रहेको छ । गीतलाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । 

प्रतिक्रिया