• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

साउनको अन्तिममा अर्को आइपीओ आउने पक्का

काठमाण्डौ - नेपालमा नयाँ लगानीकर्ताको सक्रियता निकै बढिरहेको छ । यसै बीच धेरै कम्पनीहरुले प्राथमिक शेयर समेत धमाधम निष्कासन गरिरहेका छन् । 

अहिले सानीमा लाइफ इन्स्योरेन्स शेयर खुलिरहेका छ भने यही साउन २९ गतेबाट साहस ऊर्जाको आइपीओ आउने भएको छ । 

सो कम्पनीले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानीयको लागि शेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि हाे । 

 

आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

 

 

प्रतिक्रिया